Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब निक्षेप थपियो

२०८० माघ २७ गते

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६१ खर्ब ५० अर्ब रहेको निक्षेप मंगलबारसम्म ६१ खर्ब ५३ अर्ब पुगेको हो । त्यस्तै, सोमबारसम्म कर्जा प्रवाह ५० खर्ब ८५ अर्ब रहेकोमा मंगलबार ५० खर्ब ८६ अर्ब पुगेको हो । एकै दिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ४४ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब कर्जा प्रवाह भएको छ । सिडी रेशियो घट्दै ८०.२६ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०९ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ८०.२९ प्रतिशत थियो ।