Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रु. १२ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

२०८० माघ २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १८२ दिने ७ अर्ब रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल माघ २३ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार माघ २२ गते दिउँसो ३ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।