January 22nd, 2024

विकास बैंकको नाफामा दोहोरो प्रतिशतले गिरावट

बैंकिङ खबर/ अधिकांश विकास बैंकहरुको नाफा दोहोरो प्रतिशतमा घटेको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुली प्रभावित हुँदा विकास बैंकको नाफामा त्यसको असर पुगेको हो । यस्तै यस अवधिमा विकास बैंकहरुको कर्जा विस्तारमा समेत सुस्तता छाएको छ भने कर्जा लगानी घट्दा खुद ब्याज आम्दानीसँगै नाफा घट्न पुगेको हो ।

पुससम्मकाे अपरिष्कृत वित्तीय विवरणका अनुसार पन्ध्र विकास बैंकहरुको खुद नाफा २ अर्ब ९ करोड ७० लाख ९३ हजार रुपैयाँ रहेको छ । बाह्र ओटा विकास बैंकले २ अर्ब ३५ करोड नाफा कमाएकोमा तीन बैंकको घाटा २५ करोड २९ लाख ९३ हजार बराबर रहेको छ । विसं २०८० पुससम्मको नाफा अघिल्लो पुसको तुलनामा ११.६९ प्रतिशतले घटेको हो । विसं २०७९ पुससम्ममा समग्रमा १५ विकास बैंकले २ अर्ब ३७ करोड ४६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका थिए । २०७९ पुससम्ममा १३ विकास बैंकले २ अर्ब ६५ करोड ५९ लाख नाफा कमाएकोमा सो अवधिमा दुई विकास बैंकको घाटा २७ करोड १२ लाख ४३ हजार थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १५ विकास बैंकमध्ये अघिल्लो पुसको तुलनामा ११ ओटाको नाफा घटेको छ भने ४ ओटाले मात्र बढाएका छन् । समीक्षा अवधिमा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ३४५ प्रतिशतले नाफा वृद्धि गर्दा ज्योति विकास बैंकले १९०, कामना सेवा विकास बैंकले ३२.१९ र गरिमा विकास बैंकले २.०८ प्रतिशतले नाफा बढाएको छ ।

तथ्याङ्क अनुसार नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा सर्वाधिक ४८४ प्रतिशतभन्दा धेरैले घटेको छ । यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले ४००, सिन्धु विकास बैंकको २३४, सप्तकोशी डेभलपमेन्ट बैंकको ५२, सांग्रिला डेभलपमेन्ट बैंकको ३९, मुक्तिनाथ विकास बैंकको ३२, कर्पोरेट डेभलपमेन्ट बैंकको २२, लुम्बिनी विकास बैंकको १८, मितेरी डेभलपमेन्ट बैंकको १७, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ र महालक्ष्मी विकास बैंकको खुद नाफा २०७९ पुस मसान्तसम्मको तुलनामा १२ प्रतिशतभन्दा बढीले घटेको हो ।

Devlopment Bank Net Profit
S.N. Sector -Development Banks Stock Symbol FY 2080-81 Q2 FY 2079-80 Q2 Change% 
1 Garima Bikas Bank Limited GBBL 512582.04 502146.42 2.08
2 Muktinath Bikas Bank Ltd. MNBBL 420017.37 626233.72 -32.93
3 Shine Resunga Development Bank SHINE 371207.90 429678.91 -13.61
4 Mahalaxmi Bikas Bank Ltd. MLBL 278036.82 316046.20 -12.03
5 Kamana Sewa Bikas Bank Limited KSBBL 258919.58 195871.61 32.19
6 Lumbini Bikas Bank Ltd. LBBL 212269.80 261067.29 -18.69
7 Jyoti Bikas Bank Limited JBBL 101034.75 34759.54 190.67
8 Shangrila Development Bank  SADBL 100233.77 166563.16 -39.82
9 Miteri Development Bank Limited MDB 48869.17 59088.23 -17.29
10 Sindhu Bikash Bank Ltd SINDU 25163.07 -18714.93 -234.45
11 Green Development Bank Ltd. GRDBL 12601.21 2829.13 345.41
12 Corporate Development Bank Limited CORBL 9151.73 11747.60 -22.10
13 Narayani Development Bank Limited NABBC -63862.29 16629.23 -484.04
14 Excel Development Bank Ltd. EDBL -69945.05 23262.93 -400.67
15 Saptakoshi Development Bank SAPDBL -119186.19 -252528.26 -52.80
16 Karnali Development Bank Limited KRBL
Total 2097093.66 2374680.77 -11.69

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]