January 19th, 2024

हालसम्म चार बैंक वित्तीय संस्थाले सार्वजनिक गरे वित्तीय विवरण

बैंकिङ खबर/ हालसम्म चार बैंकवित्तले चालु आर्थिक वर्ष ८०÷८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा वाणिज्य बैंक तर्फ माछापुछ्रे बैंक, विकास बैंक तर्फ कामना सेवा विकास बैंक र लघुवित्त तर्फ आरएसडिसी लघुवित्त र मिर्मिरे लघुवित्त छन् ।

४ कम्पनीमध्ये कामना सेवा विकास बैंकको मात्र नाफा बढेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १९ करोड ५८ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २५ करोड ८९ लाख नाफा कमाएको छ । यो अवधिमा कम्पनीको नाफा ३२ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, आरएसडिसी लघुवित्तको नाफा १२ दशमलव ७३ प्रतिशत, माछापुछ्रे बैंकको नाफा २१ दशमलव ४५ प्रतिशत र मिर्मिरे लघुवित्तको नाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]