Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने

२०८० पुष २५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैंकले जनाएको हो ।

परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा ‍औद्यौगिक क्षेत्र समेत केन्द्रीय बैंकले छुट्याएको छ । कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडानका क्षेत्र प्राथमिकतामा परेका छन् ।

यसैगरी यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवम् स्वास्थ्य, निर्माण (सिमेन्ट, डन्डी, इँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै ५ करोडसम्मका कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।