January 9th, 2024

कर्जा निक्षेप अनुपात ८० प्रतिशत मुनि

बैंकिङ खबर/ कर्जाको माग सुस्त हुँदा कर्जा निक्षेप (सीडी) अनुपात ८० प्रतिशत मुनि झरेको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ९० प्रतिशत हुनु पर्छ । नेपाल राष्ट्र बैंककाअनुसार पुस २० गते ७९.९५ प्रतिशत रहेको सीडी रेसियो पुस २१ गते ७९.९६ प्रतिशत थियो ।

बैंकहरुको प्राथमिकता नयाँ कर्जा लगानी गर्नेभन्दा पनि पुरानो खराब कर्जा असुल गर्नेमा हुँदा समेत सीडी रेसियो घटेको बैंकहरुको भनाइ छ । राष्ट्र बैंकले आगामी माघदेखि ५० प्रतिशत डिभेन्चरलाई पुँजीकोष वा निक्षेपमा मात्रै गणना गर्न मिल्ने व्यवस्था गरेको र अर्थ मन्त्रालयले स्थानीय तहको बचतलाई निक्षेपमा गणना गर्न मिल्ने व्यवस्था हटाउन लागेकाले पनि बैंकहरु आक्रमक नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

हाल बैंकसँग भएको करिब १ खर्ब १० रुपैयाँ डिभेन्चरलाई पुँजीकोष र निक्षेप दुबैमा गणना गरिएको छ । माघ १ गतेबाट ५० प्रतिशत रकमलाई दुबै तर्फ गणना गर्न मिले पनि ५० प्रतिशत रकमलाई भने पुँजी वा निक्षेप एकमा मात्रै गणना गर्न मिल्ने छ ।

बैंकहरुले डिभेन्चरलाई पुँजीमा गणना गरेको अवस्थामा निक्षेप घट्ने छ । त्यसले सीडी रेसियो बढाउने छ । असार असारपछि भने ऋणपत्रलाई पुँजी कोष वा निक्षेप एउटा मात्रै गणना गर्न दिने राष्ट्र बैंकको तयारी छ । नेपाल राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिएर निरन्तर बजारबाट निक्षेप संकलन गर्नु परेपछि राष्ट्र बैंकले स्थानीय तहको ६० प्रतिशत बचतलाई निक्षेपमा गणना गर्न दिने निर्णय हटाउनु पर्ने सुझाव दिँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]