Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गण्डकी प्रदेशमा सञ्चालित सहकारी संस्थाहरुको पुँजी १.५ प्रतिशतले बढ्यो: राष्ट्र बैंक

२०८० पुष २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशमा सञ्चालित सहकारी संघ संस्थाहरुको पुँजी १.५ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष ४ अर्ब ५२ करोड ४० लाख ६६ हजार रुपैयाँ बराबर रहेको प्रदेशका सहकारीहरुको कूल पुँजी २०७९/८० मा बढेर ४ अर्ब ५९ करोड २४ लाख पुगेको बैंकले जनाएको हो ।

यसैगरी, यसवर्ष समग्र प्रदेशका सहकारीहरुबाट संकलित निक्षेप ०.१८ प्रतिशतले बृद्घि भई रु. १३ अर्ब ७९ करोड ५० लाख कायम रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ०.०८ प्रतिशतले कमी आएको थियो ।

तर, उपरोक्त सहकारी संस्थाहरुबाट यस प्रदेशमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्ममा ६.६१ प्रतिशतले कमी आई रु.१४ अर्ब ३३ करोड १९ लाख पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.०१ प्रतिशतले वृद्धि भएको थियो ।

अध्ययनमा समावेश गरिएका सहकारीमा सदस्य ९.४१ प्रतिशतले वृद्धि भई १ लाख ८५ हजार ४४० पुगेको छ भने कर्मचारी संख्या ४ सय ५६ नै रहेको छ । केन्द्रीय बैंकले समग्र गण्डकी प्रदेशको सर्वेक्षणका लागि तोकिएका १० वटा सहकारी संस्थालाई नमुनाका रुपमा लिएको थियो । उक्त १० सहकारीबाट प्राप्त नतिजाअनुसार केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको हो ।