Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट २५ अर्ब लगानीयोग्य रकम खिच्दै राष्ट्र बैंक

२०८० पुष १८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्ने भएको छ। बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनको लागि २५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

त्यसबाहेक पनि राष्ट्र बैंकले ५ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब बढी तरलता खिचेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ। चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत २ खर्ब ८० अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ।