Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

२०८० पुष १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन्।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी यही शुक्रबारलाई तोकिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ। अधिकारी उक्त पदका लागि योग्य नरहेको भन्दै नियुक्ति बदरको मागसमेत गरिएको छ।

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ। गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि रिट परेको थियो। तर उक्त रिट सर्वोच्चले खारेज गरिदिएको थियो। ०७६ चैत २४ मा सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो।

Ad