Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा डिजिटलाइजेसनको विकल्प छैनः गभर्नर

२०८० पुष ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५औँ वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरू हटाउने र अरु खालका विकृतिहरू हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेसनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे ।

नेपालमा डिजिटलाइजेसन प्रणालीको विस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए । आम नागरिक पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेन्टमा जानुपर्ने उनले बताए । उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए ।

गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने बताए ।