Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीति समीक्षामा लिइएका लचक नीति कार्यान्वयनमा, राष्ट्र बैंकद्वारा सर्कुलर जारी

२०८० पुष ८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लिएका नीतिहरुको कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको छ ।

राष्ट्र बैंकले समीक्षामा केहि लचक नीतिहरु अवलम्बन गरेको थियो। सो नीतिहरु अब कार्यान्वयनमा आउने भएका छन् । समीक्षामा लचकता अपनाइए पनि सर्कुलर जारी नहुँदा ती व्यवस्थाहरु कार्यान्वयनमा जान सकेका थिएनन्। राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेसँगै अब उक्त व्यवस्थाहरु कार्यान्वयनमा जाने छन्।

उक्त निर्देशनमा ५० लाख रुपैयाँसम्मको आवास कर्जाका लाई ऋण भुक्तानी अनुपात ६० प्रतिशत पु¥याइएको छ । यसबाट बैंकबाट पैसा लिन ऋणीलाई अलिक सजिलो हुन्छ।

मानौं मासिक किस्ता २० हजार रुपैयाँ थियो भने आम्दानी ४० हजार रुपैयाँ हुनु पर्ने थियो। अब ४० हजार आम्दानीले २४ हजार रुपैयाँसम्म किस्ता तिर्न सकिन्छ। यसअघिको ब्यवस्थाले आम्दानी देखाउने अन्य कागज पत्र बनाउनु पर्ने थियो।

राष्ट्र बैंकले ऋणपत्र गणना गर्न पनि लचकता अपनाएको छ। मौद्रिक समीक्षामा घोषणा गरेजस्तै उसले आइतबार निर्देशन जरी गरेर २०८० पुस मसान्तसम्म शत प्रतिशत र त्यसपछि २०८१ असार मसान्तसम्म त्यो ऋणपत्रको ५० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाइने छ।

राष्ट्र बैंकले बैंक दर र नीतिगत दरहरु पनि परिवर्तन गरिदिएको छ। बैंक दर ७, निक्षेप संकलन दर ३ र रिपो दर ५.५ प्रतिशत कायम गरिदिएको छ। यसका साथै रियलस्टेट र सेयर धितो कर्जाको जोखिम भारति सम्पति १२५ प्रतिशत कायम गरिएको छ।

हेर्नुहोस् पूर्णपाठ