Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरे ५० खर्ब कर्जा

२०८० पुष ४ गते

बैंकिङ खबर/ हालसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५० खर्ब पुगेको छ। २०८० पुस २ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

नेपाल राष्ट्र बैंकले आन्तरिक कर्जा प्रवाह बढाउने गरी लचिलो नीति लिँदा विस्तारै कर्जा प्रवाह बढ्न थालेको हो। मौद्रिक नीतिको तीन महिने समीक्षामार्फत केन्द्रीय बैंकले रियल स्टेट कर्जा र सेयर धितो कर्जाको जोखिम भार घटाएको छ।

यसले यी क्षेत्रमा जाने कर्जा बढ्दै जाने देखिएको छ। साथै, २५ लाखसम्मको आवासीय कर्जाको प्रिमियम २ प्रतिशत बढी लिन नपाउने व्यवस्था छ। यसले आवासीय कर्जाको माग बढ्ने देखिएको छ। नीतिगत दर घटाउँदा बैंकलाई ब्याजदर घटाउन दवाब परेको छ। जसकारण पछिल्लो समय कर्जा प्रवाह विस्तारै बढ्न थालेको हो।