Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको सीडी रेसियो ८०% भन्दा तल झर्यो, निक्षेप र कर्जा लगानी दुवै बढ्यो

२०८० पुष ३ गते

बैंकिङ खबर/बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशतभन्दा तल झरेको छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै सीडी रेसियो पनि घट्न थालेको हो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिर ३० गते बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.८९ प्रतिशतमा झरेको हो। अघिल्लो दिन मंसिर २९ गतेसम्म औसत सीडी रेसियो ८०.३४ प्रतिशत थियो।

मंसिर ३० मा एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ६० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६० खर्ब १० अर्ब रुपैयाँ थियो।

बैंकहरुले मंसिर ३० गतेसम्म कुल ४९ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा १ अर्ब रुपैयाँले बढी हो।
बैंकहरुको अन्तरबैंक ब्याजदर भने २.७२ प्रतिशत रहेको छ।