Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बार्गेन पर्चेज र एफपिओको लाभकरः कुनले बैंकले कति बुझाए(सूचीसहित)

२०८० पुष १ गते

बैंकिङ खबर/ मर्जर, प्राप्तिबाट हुने लाभ (बार्गेन पर्चेज) र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत साढे १२ अर्ब रुपैयाँ राजस्व उठेको छ। ठूला करदाता कार्यालयमा शुक्रबार र शनिबार गरी यस्तो कर करिब साढे १२ अर्ब रुपैयाँ जम्मा गरिएको हो।

शुक्रबारमात्रै ३० संस्थाले ११ अर्ब ३ करोड यस्तो कर दाखिला गरेका थिए। शनिबार थप ११ संस्थानले एक अर्ब ४४ करोड रुपैयाँ दाखिला गरेका ठूला करदाता कार्यालयले जनाएको छ ।

४१ वटा संस्थाले नै एफपिओबाट हुने लाभको कर बुझाएका छन् भने तीमध्ये १४ वटा संस्थाले एफपिओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएको देखिएको छ।

कुन संस्थाले कुन शीर्षकमा कति कर बुझाए?

संस्था एफपिओ अन्तर्गत बुझाएको कर बार्गेनपर्चेजको लाभकर 
नेपाल एसबिआई बैंक एक करोड ७७ लाख  
माछापुच्छ्रे बैंक पाँच करोड ७६ लाख चार करोड ५० लाख
कुमारी बैंक पाँच करोड ८१ लाख  
प्रभु बैंक पाँच करोड  
स्ट्यान्डर्ड चार्टड बैंक ९१ करोड ३२ लाख   
सिटीजन बैंक एक करोड ३९ लाख ६ करोड ८१ लाख
कामना सेवा विकास बैंक दुई करोड ६२ लाख  
एनएमबी बैंक एक अर्ब ४३ करोड ५१ लाख ४० करोड ८३ लाख
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड एक अर्ब ३६ करोड ३१ लाख ५२ करोड ८८ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तीन करोड तीन लाख  
सानिमा बैंक पाँच करोड ३७ लाख एक १६ लाख
सांग्रिला विकास बैंक एक करोड ६३ लाख  
लक्ष्मी सनराइज बैंक १५ करोड ५४ लाख ११ करोड ५० लाख
नबिल बैंक १४ करोड ७० लाख एक अर्ब ४७ करोड सात लाख
हिमालयन बैंक तीन करोड ६९ लाख २७ करोड २० लाख
हिमालयन बैंक (साबिकको सिभिल बैंक) एक करोड नौ लाख  
प्राइम बैंक सात करोड ६८ लाख २० करोड ४१ लाख
एनआइसी एसिया बैंक १४ करोड ६५ लाख ३० करोड
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था ७३ लाख ४९ लाख
सिद्धार्थ बैंक सात करोड ६९ लाख १४ करोड १४ लाख
ग्लोवल आइएमई बैंक ३९ करोड ८१ लाख ९२ करोड ५७ लाख
आरएमडिसी साना किसान विकास बैंक पाँच करोड १५ लाख  
मुक्तिनाथ विकास बैंक चार करोड ५३ लाख २७ लाख
लुम्बिनी विकास बैंक ११ करोड २० लाख  
ज्योति विकास बैंक २१ लाख  
गरिमा विकास बैंक तीन करोड ६ लाख  
नेपाल बैंक लिमिटेड ९७ करोड ७२ लाख  
नेपाल लाइभ इन्सुयुरेन्स एक अर्ब दुई करोड ६७ लाख  
नेशनलाइ इन्सुरेन्स पाँच करोड ६२ लाख  
लाइफ इन्सुरेन्स नेपाल १५ करोड  
सिद्धार्थ प्रिमियर इन्सुरेन्स  एक करोड तीन लाख  
साबिकको प्रिमियर इन्सुरेन्स १३ करोड ८१ लाख  
एनएलआइसी पाँच करोड   
नेको इन्सुरेन्स चार करोड ४८ लाख  
एनएलजी इन्सुरेन्स ९० लाख  
शिखर इन्सुरेन्स ८ करोड ४३ लाख  
हिमालयन एभरेष्ट इन्सुरेन्स ११ हजार  
आइजिआई प्रडुन्सियल इनसुरेन्स ८७ लाख  
साबिको आइएमइ जनरल इन्सुरेन्स चार करोड ४० लाख  
सगरमाथा लुम्बिनी इन्सुरेन्स दुई करोड आठ लाख  
नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड दुई करोड ६८ लाख  
जम्मा सात अर्ब ९७ करोड ८७ लाख चार अर्ब ४९ करोड ८१ लाख