Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक र बीमा कम्पनीले एकैदिन तिरे ११ अर्ब कर, शनिबारसम्म तिर्नेलाई ब्याज छुट

२०८० मंसिर २९ गते

बैंकिङ खबर/ बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले  एकै दिन ११ अर्ब कर तिरेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार ११ अर्ब बढी कर उठेको जानकारी दिएका हुन् । उनका अनुसार कुन कम्पनीले कति कर तिर्यो भन्ने विस्तृत विवरण आउँन बाँकि छ। यद्यपि आज करिब ३० कम्पनीले कर तिरेको उनले बताए ।

सर्वोच्च अदालतले एफपीओको प्रिमियमको आयमा कर लाग्ने, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम आज कम्पनीहरुले कर तिरेका हुन् । आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमाहरुले सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलाशले खारेज गरेको थियो । त्यसपछि कम्पनीहरुले आज ११ अर्ब कर तिरेका हुन् ।

मंसिर मसान्तसम्म कर तिरेमा करमा लाग्ने जरिवाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । सोहि अनुसार शनिवार मङ्सिर ३० गते पनि सम्पूर्ण कर कार्यालयहरु, र राजस्व संकलन गर्ने काउन्टर खुला रहने छन् ।