
बैंकिङ खबर/मार्जिन प्रकृतिको सेयरधितो कर्जा बढ्न थालेको छ। चालू आवको चार महिना (कात्तिक)सम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जा ६.४ प्रतिशतले बढेर ८१ अर्ब १६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
२५ देखि ५० लाखसम्मको सेयर धितो कर्जाको वृद्धिदर उच्च देखिएको छ। कात्तिसम्म २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा ८ प्रतिशतले बढेर १३ अर्ब ८० पुगेको छ।
त्यसैगरी, १ करोड माथिको सेयर धितो कर्जा ७.७ प्रतिशत, ५० लाखदेखि १ करोडसम्मको कर्जा ०.५ प्रतिशत र २५ लाखसम्मको कर्जा ४.८ प्रतिशतले बढेको छ।
चालू आवको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतलाई १०० प्रतिशत झार्यो। त्यसयता यस्तो कर्जा उच्च दरले बढ्न थालेको छ।
कात्तिकसम्म आइपुग्दा २५ लाखसम्मको सेयरधितो कर्जा ४.८ प्रतिशले बढेर ७ अर्ब ३७ करोड पुगेको छ। त्यसैगरी ५० देखि १ करोडसम्मको कर्जा ०.५ प्रतिशतले बढेर ११ अर्ब ३ करोड र १ करोड माथिको सेयरधितो कर्जा ७.७ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
पछिल्लो समय प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिन थालेसँगै यस्तो कर्जा बढ्न थालेको छ। साथै, घट्यो ब्याजदरले यस्तो कर्जा प्रवाहलाई थप प्रोत्साहन गर्ने देखिन्छ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत केन्द्रिय बैंकले ५० लाख माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतलाई १२५ प्रतिशतमा झारेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सेयरधितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिएको छ। त्यसयता बजार १३६ बढेको छ। साथै, कारोबार रकम ४ गुणा बढी हुन थालेको छ।
निरन्तर कारोबार बढ्दै जानुले लगानीकर्ताको मनोबल बढ्न थालेको बुझिन्छ। हाल बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ। वित्तीय संस्थाहरूसँग मात्रै झण्डै खर्ब लगानीयोग्य रकम छ। कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गइरहेको छ।




