
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । आयात ३.८ प्रतिशतलेघटेको, निर्यात ७.७ प्रतिशतलेघटेकोर कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेकोछ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ ।
नेपाल सरकारको खर्च रु.३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।



