Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंक अफ काठमाण्डू लुम्बिनीले माग्यो उपत्यकाभित्रका लागि कर्मचारी

२०७३ कार्तिक ३० गते

boklबैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले उपत्यका भित्रका शाखा कार्यालयहरुका लागि केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक तह कम्तीमा दोस्रो श्रेणीमा उतीर्ण गरेको र उमेर २५ वर्ष ननाघेको नेपाली नागरिक माग गरेको हो ।

उक्त पदका लागि आवेदन दिने मिति आगामी २७ नोभेम्बर अर्थात मंसिर १२ गतेसम्म रहेको छ । आवेदन दिँदा निवेदन, बायोडाटा, एसएलसीदेखिका शैक्षिक प्रमाणपत्रहरु, चारित्रिक प्रमाणपत्र र नागरिकताको फोटाकपि पनि आवश्यक पर्ने बताइएको छ । 

आवेदन बैंकको इमेल ठेगाना vacancy@boklumbini.com.np मार्फत गर्नुपर्नेछ । थप जानकारीका लागि बैंकको आधिकारिक वेवसाइट www.boklumbini.com लग अन गर्न सक्नुहुनेछ ।