Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तद्वारा केन्द्र प्रमुखहरूलाई वित्तीय साक्षरता प्रदान

२०८० मंसिर २५ गते


बैंकिङ खबर/स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय सुडा कन्चनपुरले केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाविरूद्ध विभिन्न संघर्षका कार्यक्रम सञ्चालन भइरहेको बेला उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा रहेका १ सय ८६ केन्द्रका केन्द्र प्रमुखहरूको सहभागितामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

वित्तीय संस्थाको ईलाका कार्यालय धनगढी कैलालीका ईलाका प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका १३ का वडा अध्यक्ष, राम बहादुर बोहरा, वित्तीय संस्थाको शाखा कार्यालय रहेको बेदकोट नगरपालिकाको वडा सदस्य सुबाश मल्ल लगायत अतिथि रहेका थिए ।

कार्यक्रमको सञ्चालन शाखा कार्यालय सुडा कन्चनपुर कार्यालय प्रमुख चन्द्रदेव जैशीले गरेका थिए । कार्यक्रममा वर्तमान परिस्थितिमा लघुवित्त वित्तीय संस्थाको बारेमा उठान भएको विषयमा अन्तरक्रिया एवम् छलफल भएको थियो ।