Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा(पूर्णपाठसहित)

२०८० मंसिर २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसमा रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

त्यस्तै नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ। केन्द्रीय बैंकले बैंक दर ०.५ प्रतिशत विन्दुले घटाएको छ भने नीतिगत दर १ प्रतिशत विन्दुले घटाएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ‘ विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ।’