Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

देशमा मूल्यवृद्धि अझै उच्चः राष्ट्र बैंक

२०८० मंसिर २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले देशमा मूल्यवृद्धि अझै उच्च रहेको जनाएको छ । २०८० असोजको मूल्यवृद्धि ७५ प्रतिशत रहेको छ जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम भएको राष्ट्र बैंकले जनाएको हो । तर मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी हो ।

प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको बताइएको छ ।

२०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा राष्ट्र बैंकले लिएको छ ।