Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा ब्याज खाएर बस्ने अवस्थाको अन्त्य गर्छौँ : प्रधानमन्त्री

२०८० मंसिर १८ गते

बैंकिङ खबर/सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ। सोमबार सिंहदरबारमा सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य हुने बताएका हुन्।

‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्ने सामाजिक सरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तयारी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले योगदानकर्तालाई सेयर दिने विषयमा आफूले सोचिरहेको पनि बताए। ‘एनआरएनएका साथीहरूले पनि यस्तो सुझाव दिएका छन्,’ उनले भने, ‘देशभित्र र बाहिरका श्रमिक आवद्ध भइरहेका छन्।’