Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

११ वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश, कुनको कति ?

२०८० मंसिर १७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्। यी बैंकहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।

लाभांश घोषणा गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआइ बैंक, नबिल बैंक र एनएमबी बैंक रहेका छन्।

११ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश एनआइसी एशिया बैंकले घोषणा गरेको छ। बैंकले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ पछि यो वर्ष लाभांश दिन लागेको हो। गत दुई आर्थिक वर्ष कम्पनीले कुनै लाभांश दिएको थिएन।

त्यस्तै, एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

माछापुच्छ्रे बैंकले भने यो वर्ष १४ प्रतिशत लाभांश दिने भएको छ। गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीहरूलाई १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिन लागेको हो। 

यस्तै, सानिमा बैंकले यो वर्ष ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले गत वर्ष भने १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो।

सिटिजन्स बैंकले यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। कम्पनीले ५.७९ प्रतिशत लाभांश दिएको हो।

सिद्धार्थ बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। कम्पनीले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

गत वर्ष कम्पनीले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश दिएको थियो। गत वर्षको तुलनामा यस बैंकको पनि लाभांश दर घटेको छ।

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत वर्ष १६.५१ प्रतिशत नगद लाभांश दिएको थियो। गत वर्षको तुलनामा यस बबैंकको लाभांश दर बढेको छ।

ग्लोबल आइएमइ बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशगरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

यस बैंकले गत वर्ष ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो।

नेपाल एसबिआइ बैंकले यो वर्ष सेयरधनीहरूलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश दिने भएको छ।

यसैगरी, नबिल बैंकले यो वर्ष सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश दिन लागेको छ। त्यस्तै, एनएमबी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।