
बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको अध्यक्ष रमेश हमालले बताए । कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए ।
उनीहरुलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । त्यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत् कम्पनी छन् ।


