Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय ठगीबाट बचौं : राष्ट्र बैंक

admin २०८० मंसिर १२ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय ठगीका घटना बढ्न थालेको भन्दै यस्ता ठगीबाट बच्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले एक वित्तीय चेतनाका लागि सन्देश दिँर्दै भनेको छ,‘ह्वाट्सप, भाइवर, म्यासेन्जर जस्तो मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिट्ठा परेका, पुरस्कार जितेका, धन सम्पत्ती वा सुन फेला परेको, अपुताली सम्पत्ती फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानामा सन्देश पठाइ सो रकम वा सम्पत्ती प्राप्त गर्न केही रकम पठाउनुपर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनि सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाइ ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण हुन् ।’

राष्ट्र बैंले यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिट्ठा वा पुरस्कार जितेको कुराले पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खातामा विवरण उपलब्ध गराउने कार्य नगर्न आग्रह गरेको छ । राष्ट्र बैंले वित्तीय गठीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।