Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हायर पर्चेज कर्जामा प्यान अनिवार्य

२०८० मंसिर १२ गते

बैंकिङ खबर/२५ लाख माथिको हायर पर्चेज कर्जाको हकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) अनिवार्य गरिएको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गरी २५ लाख माथिको कर्जामा प्यान नम्बर अनिवार्य गरेको हो। २५ लाख कमको हायर पर्चेज कर्जा प्रवाह गर्दा भने प्यान नम्बर अनिवार्य नहुने उल्लेख छ।

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने भनिएको छ। साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाउने उल्लेख छ।