Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको आधारदर घट्दो, कुनको कति ?(सूचीसहित)

२०८० मंसिर ८ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरूको औसत आधारदर घट्न थालेको छ । सञ्चालमा रहेका वाणिज्य बैंकहरुमध्ये हालसम्म ११ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्।

यी बैंकहरूको औसत आधार दर १०.१६ प्रतिशतबाट घटेर १०.०४ प्रतिशत भएको छ। सबै ११ वटै वाणिज्य बैंकको आधार दर घटेको छ। अहिले पनि धेरै बैंकको आधार दर १० प्रतिशत माथि नै छ। केहीको भने योभन्दा तल आएको छ।

बैंकहरूले हरेक महिना यसअघिका तीन–तीन महिनाको औसत आधार दर अनुसार कर्जामा ब्याजदर लिन्छन्। क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ। बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्। यसले पुँजी लागत घट्छ र कर्जाको ब्याजदर समेत घट्न सहयोग पुग्छ।

बैंकहरूले मंसिरको लागि प्रकाशित ब्याजदरमा प्रिमियम दर पनि घटाएका छन्। अहिले पनि धेरै बैंकको यस्तो प्रिमियम अधिकतम ५ प्रतिशत छ। एनआइसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबिआई बैंकको अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा पनि कम छ। एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम (३ प्रतिशत मात्रै) छ।

आधार दर
बैंक मंसिरका लागि  कात्तिकका लागि 
सानिमा बैंक ९.७७ ९.९२
नेपाल एसबिआइ १०.०७ १०.२५
कुमारी बैंक १०.८९ १०.९४
सिटिजन्स बैंक १०.६४ १०.६८
लक्ष्मी सनराइज बैंक १०.७५ १०.८५
माछापुच्छ्रे बैंक ९.९१ १०.०१
एनआइसी एशिया बैंक १०.७ १०.९६
ग्लोबल आइएमई बैंक १०.०१ १०.०७
सिद्धार्थ  बैंक ९.६३ ९.७१
राष्ट्रिय वाणिज्य बैंक ८.६३ ८.७
नेपाल बैंक ९.३९ ९.६५