Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मोबाइल बैंकिङबाट एक महिनामा २ खर्ब ७७ अर्ब भुक्तानी

२०८० मंसिर ८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार असोजमा ३ अर्ब २७ करोड ७२ लाख ८३९ पटक कारोबार हुँदा २ खर्ब ७७ लाख ८२ हजार रुपैयाँभन्दा बढी भुक्तानी भएको छ ।

गएको भदौमा भन्दा असोजमा ट्रान्जेक्सन घटेको छ भने भुक्तानी भएको रकम बढेको छ । भदौमा ३ करोड ४४ लाख ९३ हजार २५२ पटकको कारोबारमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो ।

गत आवको असोजमा भएको भुक्तानीभन्दा अहिलेको भुक्तानी निकै ठूलो छ । गत आवको असोजमा २ करोड ९ लाख ९ हजार ३६१ पटकको कारोबारमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उच्च वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ९१ लाख २ हजार ६५२ रहेकोमा चालु आवको असोजसम्ममा २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ ।

मोबाइल बैंकिङबाट हुने कारोबार रकमसँगै प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ३ लाखभन्दा धेरैले बढेका छन् । भदौमा २ करोड १९ लाख ५७ हजार ६९२ मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।