Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक समीक्षाको तयारीमा राष्ट्र बैंक

२०८० मंसिर ६ गते

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा यही साता आउने सम्भावना रहेको छ। नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक समीक्षा ल्याउने तयारी गरिरहेको हो। राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी डा.डिल्लीराम पोख्रेलले बैंक वित्तिय संस्थाका तथ्याङ्कहरू आइसकेको भन्दै अहिले पहिलो समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको बताए । 

मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर बजारका लगानीकर्ताले सेयर धितो कर्जाको औषत भारित दर ( एभरेज रिक्स वेटेज) लाई केही पुनरावलोकन हुन्छ की भन्ने आसा राखेका छन् । राष्ट्र बैंकले असोज महिनामा सेयर धितो कर्जाको सीमालाई पुनरावलोकन गरेको थियो ।

राष्ट्र बैंकले सुरुमा शेयर धितो कर्जामा सीमा लगाउँदै ४–१२ करोड रुपैयाँ कायम गरेको थियो। त्यसपछि चौतर्फी दबाबपछि राष्ट्र बैंकले केही महिनाअघि शेयर धितो कर्जाको सीमामा परिमार्जन गर्दै व्यक्तिको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ कायम गरेको थियो।

हाल बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको र ब्याजदर पनि धेरै घटिसकेकोले बैंकहरुलाई शेयर कर्जा प्रवाहमा सहज बनाउन राष्ट्र बैंक लचक बन्न लागेको स्रोतले बताएकाे छ ।