२०७३ कार्तिक २६ गते

एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै भार्गव विकास बैंक

Bhargavभार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले चुक्तापुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । हाल भार्गवको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।