Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै भार्गव विकास बैंक

२०७३ कार्तिक २६ गते

Bhargavभार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले चुक्तापुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । हाल भार्गवको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।