
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ ।
राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै यस्तो बताएको हो । यस्तै राष्ट्र बैंकले बैं कतथा वित्तीय संस्थले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरुकाबीच ब्याजदरमा अत्याधिक असमानता देखिएकाले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी दुई प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।



