Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यी हुन् सस्तो ब्याजदरमा ऋण पाइने बैंक, कुनको कति ?

२०८० मंसिर ४ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुले एकल विन्दु ८ दशमबल ३२ देखि ११ दशमलब १४ सम्म ब्याजदर कर्जामा दिन सक्ने भएका छन् । मंसिर १ गतेदेखि निक्षेपमा ४ प्रतिशतसम्म ब्याजदर झारेका बैंकहरुले आफ्नो आधार दर घटेसँगै कर्जामा लिने ब्याजदर समेत घटाएका हुन् ।

असोज महिनाको आधारदर सार्वजनिक गरेका २० वटा वाणिज्य बैंकमा ९ बैंकको आधारदर १० प्रतिशतभन्दा तल झरिसकेको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले दोस्रो त्रैमासमा आधार दर थप घट्ने सम्भावना देखिएको छ ।

बैंकहरुले जोखिम हेरेर आधार दरमा ५ प्रतिशतसम्म थप गरी कर्जा लगानी गर्ने गरेका छन् । तर, अधिक तरलता हुँदा बैंकहरुले आधार दरमै पनि कर्जा दिने गर्छन् ।