Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले भन्यो,‘भाइटीकाको दक्षिणा सिधैँ दिदीबहिनीको खातामा पठाऊ’

२०८० कार्तिक २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार समेत सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न आम सर्वसाधारणलाई जागरुग गरेको छ ।

यसै नीति अनुरूप केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।

‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौँ’ केन्द्रीय बैंकले जारी गरेको वित्तीय चेतनामूलक सूचनामा भनिएको छ ।

यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने बैंकले जनाएको छ ।