२०८० कार्तिक २२ गते

१० लघुवित्त कम्पनी भए नेपाली बजार धान्न सक्छ: प्रतिवेदन(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको प्रतिवेदनले १० वटा लघुवित्त कम्पनी भए नेपालको बजार धान्न सक्ने देखाएको छ। बजारमा सबै लघुवित्त वित्तीय संस्थाहरूको समान हिस्सेदारी हुने अवस्थामा १० वटा लघुवित्त वित्तीय संस्थाहरू हुँदा समेत प्रतिस्पर्धात्मक अवस्थामा कमी नआउने राष्ट्र बैंकले बताएको छ। अहिले देशभर ५७ वटा लघुवित्त कमपनीहरु रहेका छन्।

नेपाल राष्ट्र बैंकले लुघवित्त संस्थाहरु सम्बन्धमा गरेको अध्ययन मंगलबार सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार भौगोलिक वितरणमा सन्तुलन ल्याउने हो भने बजार हिस्सा सीमित संस्थाहरूमा केन्द्रिकृत हुने देखिँदैन। प्रतिवेदनमा भनिएको छ, ‘सबै स्थानीय तहको वडासम्म लघुवित्त सेवा बिस्तार गर्ने तथा पालिकाको जनसंख्या, कर्जाको अवस्था, आर्थिक गतिविधी, भौगोलिक विकटता जस्ता सूचकका आधारमा पालिकास्तरमा आवश्यक लघुवित्त वित्तीय संस्थाका शाखा संख्या र कार्यक्षेत्र तोक्न सकिने देखिन्छ।’

तर यसप्रकार संख्या तोक्दा अर्थतन्त्रको गतिशीलतासँगै लघुवित्त बजारको अवस्था हेरी यस्तो नीतिलाई समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनले बताएको छ। यसबाट लघुवित्त सेवाको पहुँच पनि बढ्नेर अति प्रतिस्पर्धाको स्थिति पनि नआउने स्थिति हुने उल्लेख छ। लघुवित्त वित्तीय संस्थाको कुल संख्या भन्दा संस्थाका आकार एवम् भौगोलिक उपस्थिति उचित हुने बताएको छ।

final-2080_7_15_final_Edited