Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर घट्दै गएको छ, प्रिमियम घटाएर कर्जा दिइरहेका छौं : अध्यक्ष केसी

२०८० कार्तिक २० गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय ब्याजदर घट्दै गएको बताएका छन। सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले सो कुरा बताएका हुन्। उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताए। स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोही अनुसार बैंकहरुले काम गरेको उनको भनाइ छ।

उनले कर्जा नोक्सानी (प्रोभिजन) भने केही बढेको बताए। ‘गत वर्षको सोही अवधिको तुलनाका प्रोभिजन बढेको छ। गत वर्ष पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ७ अर्बको हाराहारीमा प्रोभिजन छुट्याएका थिए’, उनले भने, ‘पहिलो त्रैमासमा प्रोभिजन बढेर १६ अर्ब पुगेको छ।’

प्रोभिजन बढ्दा वाणिज्य बैंकहरूको नाफा २८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी बढ्न नसकेको उनको भनाइ छ। चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरूको नाफा बढ्न नसकेको केसीले बताए।

केसीले बाह्य क्षेत्रमा सुधार देखिएपनि त्यसको असर नदेखिएको बताए। दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली बैंक ठिक अवस्थामा रहेको उनको भनाइ छ। एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितकालाई ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाको जानकारी दिए। केसीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।