नेपाल राष्ट्र बैंकले छ अर्ब पाँच करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल विक्रि गर्न लागेको हो । ट्रेजरी बिल सोमबार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्रि गरिने विभागले जनाएको छ ।
राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब ७७ करोड रुपैयाँ बराबरको, १८२ दिने अवधिको एक अर्ब २८ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको र ३६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । ९१ दिने अवधिको ट्रेजरी बिलको सावाँ तथा व्याज आगामी फागुन तीन गते फिर्ता हुनेछ । त्यस्तै, १८२ दिने अवधिको ट्रेजरी बिलको सावाँ तथा व्याज ०७४ बैशाख २६ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिलको सावाँ र व्याज ०७४ कात्तिक २८ गते फिर्ता हुनेछ ।