
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वद्युतीय भुक्तानी कार्डसम्बन्धी केहि व्यवस्थाहरु गरेको छ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी पुस्तिकामा ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने व्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधालगायतका विषय समेटिएको जानकारीमूलक सामग्री प्रदान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ ।
यस्तै कार्ड प्रयोग गर्न महत्वपूर्ण सर्त तथा बन्देजको सूचीमा देहायका न्यूनतम विषय समावेश गरी ग्राहकसँग सम्झौता गर्नुपर्ने र यस्तो सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
कार्ड प्रयोग गर्न महवपूर्ण सर्त तथा बन्देजको सूचीमा देहायका न्यूनतम विषय समावेश गरी ग्राहकसँग सम्झौता गर्नुपर्ने र यस्तो सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
(अ) कार्डबाट गर्न सकिने कारोबार
(आ) कार्ड जारी गर्दा तथा कारोबार गर्दा तिर्नुपर्ने सेवा शुल्क
(इ) कारोबारको संख्या सीमा भएमा सोको विवरण
(ई) नगद तथा भुक्तानी कारोबारको सीमा
(उ) क्रेडिट कार्डको हकमा क्रेडिट सीमा, कार्डमार्फत गरिएको कारोबारको विलिङको समयावधि तथा माध्यम, रकम भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी गर्न नसकेमा वा न्यूनतम रकम मात्र तिर्दा लाग्ने व्याजदर तथा हर्जाना र सोको लेखा हिसाबको विधि (उदाहरणसहित स्पष्ट हुनेगरी)
(ऊ) सुरक्षित कारोबारको लागि कार्ड प्रयोग गर्दा ग्राहकले अपनाउनुपर्ने सजगता,
(ए) सेवा बन्द गर्न ग्राहकले अवलम्बन गर्नुपर्ने प्रक्रिया
(ऐ) कार्ड हराएमा वा चोरी भएमा तथा कारोबारको क्रममा कुनै समस्या परेमा
तत्काल सहयोग प्राप्त गर्न ग्राहकले सम्पर्क गर्ने माध्यम
(ग) प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सम्बन्धित ग्राहकलाई तत्काल एसएमएसमार्फत सन्देश दिनुपर्नेछ । साथै, ग्राहकले अन्य विद्युतीय माध्यमबाट सन्देश माग गरेमा
सोसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।
(घ) कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस वा
ग्राहकले तोकेको अन्य विद्युतीय माध्यमबाट समेत दिनुपर्नेछ ।
(ङ) कार्ड हराएमा वा चोरी भएमा सोको सूचना प्राप्त हुनासाथ तत्कालै उक्त कार्डबाट
कारोबार हुन नसक्नेगरी कार्ड ब्लक गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान रहेको छ ।
(च) विद्युतीय भुक्तानी कार्डमार्फत क्यास आउट गरिने कारोबारमा क्यास डिसपेन्स नभई खाताबाट मौज्दात घटेको अवस्थामा वा विद्युतीय भुक्तानी कार्डमार्फत पिओएस, पिओटी मेसिन वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी कारोबार गर्दा कारोबार सम्पन्न नभई खाताबाट मौज्दात घटेको अवस्थामा दावी उजुरी परेको वा नपरेको अवस्थामा देहायबमोजिम कारोबार रकमको Force Settlement गर्ने व्यवस्था मिलाउनुपर्ने र तोकिएको समयसीमाभित्र सेटलमेन्ट गर्ने/गराउने दायित्व उपकरण इस्यु गर्ने र एक्वाइर गर्ने दुवै संस्थाको हुने व्यवस्था रहेको छ ।
(अ)Issuer र Acquirer एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार
भएको अर्को दिन (T+1) सम्म, वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका
(आ) Issuer र Acquirer फरक-फरक संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा
T+3 भित्र,
(इ) Issuer / Acquirer फरक-फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा T+30 भित्र ।




