Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुनचाँदीको असर्फी बिक्री खुल्ला, यस्तो छ एक सिक्काको मूल्य

२०८० कार्तिक १९ गते

बैंकिङ खबर/सुनचाँदीका असर्फी बिक्री खुल्ला भएको छ । आइतबारदेखि तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताका लागि सुनचाँदीका असर्फी बिक्री खुल्ला गरेको हो ।

जसअनुसार सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरिएको छ । केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ ।

त्यस्तै १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ । यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको छ ।