Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तिहारको लागि आइतबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

२०८० कार्तिक १५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले तिहारको लागि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक १९ गतेदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी गरेको जनाएको छ।

एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्राको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्। यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्। राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ।