Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब कर्जा प्रवाह

२०८० कार्तिक १३ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ५० खर्ब रुपैयाँ नाघेको छ । असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ५० खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

भदौ मसान्तसम्म बैंक वित्तीय संस्थाबाट ४९ खर्ब १३ अर्ब कर्जा प्रवाह भएकोमा असोजभरमा ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । वित्तीय क्षेत्रको कुल प्रवाहमध्ये ४४ खर्ब २६ अर्ब वाणिज्य बैंकबाट प्रवाह भएको छ भने अन्य वित्तीय संस्थाबाट ५ खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

असोज मसान्तसम्ममा बैंक वित्तीय संस्थामा कुल निक्षेप ५९ खर्ब १५ अर्ब नाघेको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ५२ खर्ब २३ अर्ब छ भने अन्य वित्तीय संस्थामा ६ खर्ब ९२ अर्ब रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.७४ प्रतिशतमा झरेको छ भने अन्तरबैंक ब्याजदर १.९९ प्रतिशत छ ।