Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

केन्द्रीय बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्ने

२०८० आश्विन २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आगामी मगलबार अर्थात् असोज ३० गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ७० करोड रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ६ अर्ब रुपैयाँ छुट्टाइएको छ । सोमबार बोलकबोल हुने ट्रेजरी मंगलबार अर्थात् असोज ३० गते बिक्री गरिनेछ । यसअघि केन्द्रीय बैंकले असोज २२ गते १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।