Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको ब्याजदर निर्धारणमा कडाई

२०८० आश्विन १९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एकै प्रकृतिका कर्जामा ब्याजदर धेरै फरक भएपछि कर्जाकाे ब्याजदरमा केहि कडाइ गरेको छ। राष्ट्र बैंकले एकै प्रकृतिको कर्जामा २ प्रतिशतभन्दा धेरै ब्याजदर फरक पार्न नपाइने व्यवस्था गरेका हो।

“कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाईने छैन ।” राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा भनिएको छ।

त्यसैगरी, असल कर्जाको प्रोभिजनिङ घटाएको छ । यसअघि राष्ट्र बैंकले असल कर्जामा समेत १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत प्रोभिजनिक गरे पुग्ने व्यवस्था गरेको छ।