Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुलाई चालु आर्थिक वर्षकाटै काउन्टर काइकिलिकल बफर लाग्ने

२०८० आश्विन १९ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षबाट नै काउन्टर साइकिलिकल बफर कायम गर्नुपर्ने भएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षकाे असार मशान्तसम्ममा ०.५ प्रतिशत बफर कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ।

“वाणिज्य बैंकहरुले आ.व २०८०/८१ देखि क्यापिटल एडुकेसि फ्रेमवर्क २०१५ मा व्यवस्था भएबमोजिमको काउन्टर साइकिलिकल बफर कायम गर्नु पर्नेछ । आ.व २०८०÷८१ को अन्त्यसम्ममा यस्तो बफर ०.५ प्रतिशत कायम गर्नुपर्नेछ ।” राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।

बैंकहरुले अहिले कुल ११ प्रतिशत पूँजीकोष कायम गर्दै आएका छन्। बफर लागु भएसँगै अब थप पूँपीकोष कायम गर्नुपर्ने छ।