Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२०८० आश्विन १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको १३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेको छ। २०८८ मा परिपक्व हुने यस विकास ऋणपत्र असोज १४ गते बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले विकास ऋणपत्र खरिद गर्नसक्ने जनाएको छ।

उक्त विकास ऋणपत्र असोज १५ गते जारी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको अर्धवार्षिकरुपमा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संसोधन गर्दै पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। हालसम्म राष्ट्र बैंकले करिब ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ।

विकास ऋणपत्र मार्फत राष्ट्र बैंकले ५९ अर्ब २१ करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाएको छ। करिब ७ प्रतिशतमा ब्याजदरमा राष्ट्र बैंकले विकास ऋणपत्र जारी गरिरहेको छ।