Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

६ खर्ब ३ अर्बको नोट चलनचल्तीमा

२०८० आश्विन १२ गते


बैंकिङ खबर/भदौसम्ममा बजारमा ६ खर्ब ३ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको थियो । गत आर्थिक वर्षको तुलनामा यस्तो चलन चल्तीमा रहेको नोट बढेको छ ।

गत असारको तुलनामा भने यस्तो रकम घटेको छ। गत असारसम्ममा कुल ६ खर्ब २५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको भदौसम्म्मा चलन चल्तीमा रहेको नोट २२ अर्ब रुपैयाँले घटेको छ। केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् ।