
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भा.रु(१०० वा सो भन्दा कम दरका नोट मात्र) ल्याउन-लैजान सकिन्छ भन्ने यो भन्दा बढी रकम भन्सार घोषणा गर्नुपर्ने जनाएको छ ।
राष्ट्र बैंकले एक वित्तीय सम्बन्धी सूचना जारी गर्दै नेपालमा भा.रु.१०० दरभन्दा ठूला दरका नोट साथका राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध रहेको जनाएको छ ।
भारत भ्रमणका लागि नगद भा.रु.२५,००० सम्म र औषधोपचारका लागि नगद भा.रु ५०,००० सम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने जनाइएको छ ।




