Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पाँच वाणिज्य बैंकको लाभांश, कुनको कति ?

२०८० आश्विन ७ गते


बैंकिङ खबर/ पाँच वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चिति मुनाफाबाट लाभांश घोषण गरेका छन् । गत वर्षको मुनाफाबाट माछापुच्छ्रे बैंकले १४ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, सिटिजन बैंकले ५.७९ प्रतिशत, एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत र एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

यही असोज १८ गते वार्षिक साधारण सभा बोलाइएको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको हो । जहाँ बैंकले १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, पाँच वटा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत भदौ २८ गते ३०।५२ प्रतिशत अर्थात् तीन अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांशमा २९ प्रतिशत बोनस सेयर र १.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) रहेको छ । दशैं अगावै वार्षिक साधारण सभाको तयारीमा रहेको एभरेष्ट बैंकले भदौ २८ गते २०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, सानिमा बैंकले भदौ २८ गते आर्थिक वर्ष ०७/८० को वितरण मुनाफाबाट आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जहाँ बैंकले बोनस सेयरका लागि ९ प्रतिशत र नगद लाभांश (कर प्रयोजन समेत) प्रस्ताव गरेको छ ।

यही असोज २८ गते वार्षिक साधारणसभा आव्हान गरेको सिटिजअन बैंकले ५.७९ प्रतिशतको हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँको लाभांश प्रस्ताव गरेको छ ।