November 10th, 2016

‘भारतबाट नेपालले सिक्नुपर्छ’ : पूर्वगभर्नर डा. रावल

भारत सरकारले भारु ५०० र १ हजारको नोटमा प्रतिबन्ध लगाएको छ । यो विषयले नेपालमा पनि प्रभाव पार्ने ठानिएको छ । यस विषयमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिन्छ :

tilak rawalभारतमा नक्कली नोट छपाउने, लुकाउने र भ्रष्टाचार गर्ने काम ठूलै मात्रामा हुने गर्दछ । त्यसैले यी नोटमा बन्देज लगाउनुपरेको हो । यी नोट कति छन् ? कस्तो अवस्थामा छन् ? त्यसमा अत्यन्त सतर्कताका खोजीनीति गर्नु जरुरी छ । भारतको केन्द्रिय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ र भारत सरकारसँग पनि छिटै कूटनीतिक रुपमा संवाद गर्नुपर्छ । अब जति पनि अबैधानिक पैसा भित्रिने सम्भावना हुन्छ, त्यसमा मनोबैज्ञानिकरुपले मौद्रिक अधिकारी, राष्ट्र बैंक र सरकार सचेत हुनु जरुरी छ । 

नेपालमा पनि यस्तो भ्रष्ट्रचार र अनियमितता हुने गर्दछ । यद्यपि, नेपालका नोटहरु सामान्यतया धेरै देशमा कारोबार नहुने भएको त्यत्ति समस्या आउँदैन । तर, भारतीय पैसा धेरै देशमासटहि हुने भएकाले समस्या देखिएको हो । नेपालमा करोडसम्म अनियमितता भएको हामीले पाउँछौं । तर भारतमा त खरबौँको अनियमितता हुन्छ । गोदामको गोदाम लुकाएको हुन सक्ने सम्भावना छ । 

भारतमा अत्यधिक अनियमितता भएकाले यी नोटमा प्रतिबन्ध लगाएको हो । यी नक्कली र ठूलो मात्रामा भारतीय नोट नेपालका विभिन्न संघसंगठनसँग मिलेर भित्रिन सक्छ । त्यसैले नेपाल सरकार सचेत हुनु जरुरी छ । वास्तवमा भारतले सुरक्षाको हिसाबले नै यी नोटहरुको चलनचल्तीमा रोक लगाइएको हो ।