
बैंकिङ खबर/वैशाखको तुलनामा साउनमा सेयर धितोमा जाने कर्जा १ अर्ब ४७ करोड ८३ लाख रुपैयाँले बढेको छ । वैशाखमा ७४ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ रहेकामा साउनमा ७६ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यता जेठमा सेयर धितोमा जाने कर्जा ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ रहेको थियो । असार यो बढेर ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ । साउन महिनामा असारको तुलनामा सेयर धितोमा जाने कर्जा १० करोड ५१ लाख रुपैयाँले बढेर ७६ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा १ करोडभन्दा बढी र ५० लाख देखि १ करोडसम्मको सेयर धितो कर्जा घटेको छ भने २५ देखि ५० लाख र २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा बढेको छ । असारमा १ करोडभन्दा बढीको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ रहेकामा साउनमा ४० करोड ७२ रुपैयाँले घटेर ४४ करोड ३० लाख ८९ हजार रुपैयाँमा सिमित भएको छ ।
यस्तै ५० लाख देखि १ करोड रुपैयाँसम्मको कर्जा असारमा ११ अर्ब ७७ करोड ४५ रुपैयाँ रहेकोमा साउनमा ७९ करोड ८५ लाख रुपैयाँले घटेर १० अर्ब ९७ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । यता २५ लाखदेखि ५० लाखसम्म जाने कर्जाभने असारको तुलनामा साउनमा बढेको छ । असारमा यस्तो कर्ता १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँबाट १ अर्ब ३० करोड ५४ लाख रुपैयाँले बढेर १४ अर्ब ८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यस्तै २५ लाख रुपैयाँ भन्दा कम रकमको सेयर धितोकर्जा असारको तुलनामा साउनमा ५३ लाख रुपैयाँले बढेर ७ अर्ब ४ करोड १२ लाख रुपैयाँ पुगेको छ । असारमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।



