
बैंकिङ खबर/भदौ लागेसँगै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाउन थालेका छन्। भदौ २४ गतेसम्म आइपुग्दा वित्तीय संस्थाले ३४ अर्ब रुपैयाँ कर्जा बढाएका हुन्। साउनमा ब्याजदर घट्दा पनि कर्जा प्रवाह बढ्न सकेको थिएन। यता, भदौ लागेसँगै कर्जा प्रवाह निरन्तर बढ्न थालेको हो।
साउनको तुलनामा भदौमा बैंक तथा वित्तीय संस्थाको औषत ब्याजदर बढ्दा समेत कर्जा प्रवाह बढ्न थालेको हो। पछिल्लो २४ दिनमा कर्जा प्रवाह ३४ अर्बले बढेर ४८ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। साउन (एक महिनामा) वित्तीय संस्थाबाट २० अर्ब कर्जा प्रवाह घटेको थियो। गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन एक महिनामा २० खर्ब घटेर ४८ खर्ब ५९ खुम्चिएको थियो।


